बिना पूर्वाधार र तयारी बिना शिलान्यास गरिएका आधारभूत अस्पतालको निर्माण कार्य भने सुस्त देखिएको छ । सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको दुई वर्ष बिते पनि हालसम्म करिब ६० प्रतिशत अस्पताल अझै प्रक्रियामा आएका छैनन् ।
वि.सं. २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास गर्नुभएको थियो । सोही दिन सातै प्रदेशमा एक एक वटा सरुवा रोग अस्पताल निर्माण गर्ने भनेर प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभयाे ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले राखिएकाे थियाे । पाँच शैय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैय्याको अस्पतालका लागि दुई जना मेडिकल अफिसरसहित १६ जना र १५ शैय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ जना स्वास्थ्यकर्मी खटिने स्वास्थ्य मन्त्रालयले जनाएको थियाे ।
ती अस्पतालबाट आधारभूत उपचार स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहिको सेवा प्रदान गर्ने सरकारको दाबी छ । ३९६ स्थानीय तहमा भवन निर्माणका लागि ६ अर्ब १२ करोड र उपकरण जडानको लागि ५८ अर्ब खर्च हुने सरकारी अनुमान थियो । त्याे बेला सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार ४०.४
प्रतिशत अर्थात् जम्मा १६० वटा अस्पताल निर्माण प्रक्रियामा आएका छन् ।सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा
ल्याउने घोषणा गरेको थियो ।अहिलेसम्म करिब ६० प्रतिशत अस्पताल अझै प्रक्रियामा आएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार ४०.४ प्रतिशत अर्थात् जम्मा १६० वटा अस्पताल निर्माण प्रक्रियामा आएका छन् ।
अहिलेसम्म १२२ वटा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा छ । ९० वटाको डिपिआर स्वीकृत भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म जम्मा ६६ वटा अस्पतालका लागि बजेट निकासा भइसकेको छ ।
अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको काम गर्न मन्त्रालयले सबै स्थानीय तहहरुलाई परिपत्र गरेको थियो । तर कतिपय स्थानीय तहले अझै जग्गा प्राप्त गर्न सकेका छैनन् । स्थानीय तहमा जग्गा विवाद, अस्पताल कहाँ बनाउने भन्ने स्थानको विवादका कारणले अस्पतालहरूको निर्माणमा ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्