अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाका मेलम्ची र हेलम्बु क्षेत्रमा क्षति पुगेको छ ।शुक्रबार राति आएको बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । मेलम्ची–हेलम्बु सडक दिनहुँ अवरुद्ध भइरहेका बेला जिल्लाका ग्रामीण भेगका केही मानव बस्ती पहिरोको जोखिममा छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो सुचारु भए पनि रातिको वर्षाका कारण दिनहुँ सडक अवरुद्ध हुँदा समस्या देखिएको छ । मेलम्ची उपत्यका क्याम्पस ग्याल्थुम पनि उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ र जुनसुकै बेला खोला बगेर क्याम्पसको संरचनामा क्षति पुग्ने स्थानीयवासी डराउँछन् । किउलदेखि मेलम्चीसम्म खोलाको छेउछाउमा बसोबास गर्ने मानिसहरु अहिले राम्ररी सुत्न सकेका छैनन् । “बाढीले दिनानुदिन सडकमा क्षति पु¥याइरहेको छ । हामीले मर्मत गर्दै आएका छौँ । केही समयदेखि यातायात अवरुद्ध भएको हो । सडक पुनः खोल्न र जोखिममा रहेका संरचनाको संरक्षणका लागि जोडदार रुपमा काम गरिरहेका छौँ ,” हेलम्बु गाउँपालिकाका अध्यक्षले भने । निमा ग्याल्जेन शेर्पाले बताइन् । मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरो हटाउन डोजर पठाएर सडक सञ्चालनका लागि पठाइएको मेयर ऐतमान तामाङले बताए । —रासस























प्रतिक्रिया दिनुहोस्