विमा वापतको रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौंडा । हेटौंडा–१०,स्थित तुलसी मेहत मेमोरिल सेकेण्डरी इंग्लिस बोर्डिङका २ जना विद्यार्थीले दुर्घटना विमा वापदको रकम पाएका छन् । शुक्रबार बोर्डिङले नयाँ भर्ना भएर आएका विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा अभिभावक सँगको अभिमूखीकरण कार्यक्रममा २ जना विद्यार्थीले दुर्घटना विमा रकम प्रदान गरिएको हो । तुलसी मेहर बोर्डिङले विद्यार्थीका लागि वार्षिक रुपमा २ सय २५ रुपैयाँ संकलन गरेर एक लाख रुपैयाँ बराबरको दुर्घटना विमा पाउने व्यवस्था गरे अनुरुप रोहित दुतसाका परिवारलाई ७३ हजार रुपैयाँ र समिरा लामा परिवारलाई २ हजार ६ सय रुपैयाँको विमाको रकम दिएको थियो । बोर्डिङका प्राचार्य रघुनाथ खरालले विमाको रकम सम्बन्धी विद्यार्थीको अभिभावकलाई हस्तान्तरण गरेका थिए । दुर्घटना विमा गरेका विद्यार्थीको दुर्घटना भएर खर्चको विवरण बुझाए अनुसार खर्च बराबरको रकम प्रदान गर्ने गरेको छ ।

तुलसी मेहर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्याबसनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको सभाध्यक्षमा नयाँ विद्यार्थीको स्वागत तथा अभिमूखीकरण कार्यक्रम भएको हो । बोर्डिङले कार्यक्रममा पूर्वप्राथमिक तह, प्राथमिक तह, नि.मा.वि तहका विद्यार्थीलाई स्वागत गरिएको थियो भने उक्त अवसरमा विभिन्न प्रकारका नृत्य, गायनको प्रस्तुतीकरण गरेको थियो । तुल्सी मेहरका प्रन्सीपलले विद्यार्थीको भविष्यमा केन्द्रीत भएर काम गरिरहेको बताएका छन् । पढाइ सँगै अतिरिक्त क्रियाकलापको कार्यक्रममा विद्यार्थीलाई सहभागी गराएर क्षमताको अभिवृत्ति गर्ने काम गरेको उनले बताए । विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गर्ने विषयमा लक्षित भएको बताए । स्कूललाई विश्वास गरेर भर्ना गराउने अभिभावक प्रति खुसी व्यक्त गरे ।