सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग आज पनि वार्ता हुँदै छ। आज १० बजे गृह मन्त्रालयमा वार्ता हुने सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यो समूहसँग हिजो देखि वार्ता सुरु भएको हो। कोइरालाले भने, ‘दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकन्छि भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ।’

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । उनीहरुले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको वार्ता टोली गठन गरेका थिए ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए।

नागरिक न्युजबाट साभार गरिएको छ ।