हेटौंडा, १७ असोज । मकवानपुरको बकैया गाउँपालिकामा दुध बोक्ने गाडी दुर्घटना हुंदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग २ सय मिटर खस्दा चालक हेटौंडा उपमहानगरपालिका ९ लामसुरे का सिद्धान्त लामाको मृत्यु भएको हो ।
वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल ल्याउदा हेटौंडा अस्पतालका चिकित्सकले मृत्यु भैसकेको घोषणा गरेको जानकारी दिनुभयो ।
यसैगरी सोही स्थानका सहचालक प्रेम अधिकारीको भने हेटौंडा अस्पतालमा उपचार भैरहेको उहाँले बताउनुभयो । अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको वाग्गमती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखा प्रमुख बिरेन्द्र समाल सहित हेटौंडा जाँदैगर्दा उक्त गाडी खसेको देखेर नजिकै रहेको प्रहरी चौकी गरगरेमा जानकारी गराएर उद्धारमा खटिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार दुध लिनको लागि हेटौंडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर तल खसेको हो ।























प्रतिक्रिया दिनुहोस्