हेटौंडा । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेद्वार तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र नम्बर–२ का उम्मेद्वार सन्तोष विष्टले घरदैलो कार्यक्रम सुरु गरेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रलोपाबाट उम्मेद्वार बनेका तेज प्रसाद उप्रेती (रमेश)ले मंगलबारबाट मतदानको अपेक्षासहित मतदाताको घर घरमा पुगेर घरदैलो कार्यक्रम सुरु गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१०,स्थित बुद्धचोकबाट प्रलोपाका रमेशले पार्टीको भण्डासहित ¥याली निकालेर आफ्नो नाराहरु सार्वजानिक गर्दै मतदाताको घरमा पुगेर घरदैलो अभियान सुरु गरेको बताएका छन् ।
उनले घरदैलो अभियानको क्रममा अन्य दलहरु भन्दा आफ्नो पार्टीले फरक धारण बोकेर चुनावमा होमिएको बताएका छन् । अन्य मानिसहरुलाई कुनै प्रकारको समस्या नपर्नेगरी शान्ति तरिकाले चुनावको प्रचार प्रसारमा लाग्ने विश्वास दिलाए ।
यस्तै, क्षेत्र नम्बर २ का उम्मेदवार सन्तोष बिष्टले गत भदौ २३ र २४ गते भएको जेनजी माथिको दमन र देशव्यापी रुपमा भएको अन्याय ,अत्यचार व्यतिथिको अन्त्य गर्न चुनावमा होमिएको बताए । विभिन्न चुनौतीहरुलाई मध्य नजर गर्दै सबै मतदातालाई विवेकपूर्ण तरिकाले मतदान गर्न उनले आग्रह गरेका थिए ।
मकवानपुरका सफल व्यवसायी समेत रहेका दुबै उम्मेद्वारले वर्षौदेखिको समाधान हुन नसकेको भूमि सम्बन्धी समस्या, भुमिहिन सुकुम्बासीको मुद्धा, अस्तव्यस्त सडक सञ्जाल, व्यवाहारिक र प्राविधिक शिक्षाको अभाव, विकास निर्माणमा अपादर्शीता लगायतको समस्यालाई समाधान गर्न चुनाव लड्न लागेको उनले बताए ।

















प्रतिक्रिया दिनुहोस्