नेपालका सिनेमा घर सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघको कार्यसमितिको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ नवनिर्वाचित भएका छन् ।

संघको कार्यसमितिले पूर्णता पाएसंगै  गत महिना भएको संघको ४७औं साधारण सभाबाट अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन हुदै १३ जना सदस्यमा चुनिएका हुन् ।

प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगाना मनोनित भएका छन् ।
कार्यसमितिको महासचिवमा हेटौंडाका नरेन्द्र महर्जन चयन भएका छन् ।

उपमहासचिवमा ओम जैसी, कोषाध्यक्षमा कपिलप्रसाद द्वा मनोनित भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा मिजास पोखरेल, निरज कार्की, गोविन्दबहादुर शाही, चैतन्य बराल, युवराज प्रसाईं, प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य मनोनित छन् ।

पूर्वाञ्चलमा निरज गुप्ता र पश्चिमाञ्चलमा केदार प्रसाद पराजुलीलाई समितिको सभापतिका लागि जिम्मेवारी सुम्पिएको छ ।
सुरेन्द्र कुमार थापाको सभापतित्वमा उपत्यका समिति पनि चुनिएको छ ।
दुर्गालाल प्रधान उपसभापति, सुरेन्द्र तण्डुकार सचिव र रितेश थकुलवट सदस्य रहेका छन् ।
प्रदर्शन समितिको सभापतिमा प्रज्वल राणा र वितरण समितिको सभापतिमा गोविन्द बहादुर शाही चयन भएका छन् ।

राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदीपकुमार उदय र अर्जुन श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ।