हेटौंडा । मकवानपुरको हेटौंडा फुटबल एकेडेमी नवलपूर जिल्लाको कावासोती नगरपालिकामा जारी प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भएको क्वार्टरफाइनल चरणको खेलमा जस्टजोन एफसीसँग टाइब्रेकरमा ४–१ गोलले पराजित हुँदै हेटौंडा फुटबल एकेडेमीको टोली प्रतियोगिताबाट बाहिरिएको हो ।

यस अघि मंगलबार भएको पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टोलीले आयोजक कावासोती बी लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जीत निकालेको थियो । अन्नतः पहिलो खेलमा उत्कृष्ट प्रर्दशनका साथ जीत निकाले पनि दोस्रो खेलमा भने हेटौंडा फुटबल एकेडेमीको पराजित हुनुपरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टीबाट नतीजा निकालिएको थियो ।

जस्टजोनबाट लहान सुब्बा, विदेशी खेलाडी फोफोना, सविन राइृ र तपनले पेनाल्टी सुटआउटमा गोल गर्दिएका थिए । हेटौंडाबाट फुटबल एकेडेमीबाट दिवस श्रेष्ठले मात्रै पेनाल्टी सुटआउटमा गोल गर्न सफल भएका थिए । दिवस श्रेष्ठपछि हेटौंडाका लागि जीत मगरले दोस्रो गोल प्रहाद गर्दा बल क्रसबारमा लागेर फकिएको थियो भने उमेश सञ्जेललेको प्रहार गरेको बललालाई जस्टजोनका गोल रक्षकले रोकिदिएका थिए ।

जस्टजोन एफसीबाट ४ जना खेलाडीले प्रहार गरेको कुनैपनि बललाई रोक्न नसकेपछि हेटौंडाको टोलीले हार व्यर्होर्नुपरेको हो । यो जितसँगै जस्टजोनको टिमले सेमीफाइनलको स्थान सुरक्षित गरेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै,प्रतियोगिताको सेमीफाइनलमा पुगेर पराजित हुने दुई टिमले भने २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्‌ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।

कावासोती नगरपालिकाको प्रवद्र्धन र कावासोती नगरपालिका वडा नम्बर १६ र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा पुस ५ गतेदेखिबाट सुरु भएको प्रतियोगितामा १२ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी