ह ‘क्लिन स्वीप’ भएको छ। ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहमा वडाअध्यक्षदेखि प्रमुख उपप्रमुख सबैमा पूर्व नेपाल समूहले कतै ठाउँ पाएको छैन।
सबै स्थानीयतहको उम्मेदवार छान्दा पूर्व ओली समूहका नेताहरु मात्र परेका छन् भने पूर्व नेपाल समूहलाई कतै समेटिएको छैन। प्रमुख उपप्रमुख छान्दा बेलका र कटारी नगरपालिकामा पुरानै अनुहार ल्याइएको छ। उम्मेदवार बनेका बेलकाका यसअघिकै मेयर दुर्गा थापा सुरुदेखि ओली समूहमै छन् भने नेपाल समूहबाट टिकट पाएर मेयर जितेका कटारीका प्रत्यासी ज्ञानेन्द्र श्रेष्ठ केपी ओलीले संसद बिघटन गरेपछि सो समूहमा लागेका हुन्। उपमेयर गीता खड्का पनि ओली समूहकै हुन्।
त्रियुगा नगरपालिकामा मेयर उम्मेदवार भागवत राउत पुरानै ओली गुटका हुन् भने उपमेयरमा टिकट पाएकी महेश्वरी राई संसद बिघटनको कदमपछि ओली समूहमा लागेकी हुन्। चौदण्डीगढी नगर मेयरका उम्मेदवार कालु लामा र उपमेयर टिकट पाएकी मणिका दुलाल दुवै ओली समूहकै हुन्।
लिमचुङब्ङ गाउँपालिका अध्यक्षका उम्मेदवार छानिएका राजकुमार राई, ताप्ली गाउँ अध्यक्ष उम्मेदवार बाबुराम राई, उदयपुरगढीमा टिकट पाएका गोपाल खत्री र रौतामाईमा उम्मेदवार बन्ने मौका पाउने भरत थापा सबै ओली समूहकै हुन्।
ताप्लीका यसअघिका अध्यक्ष उद्धवसिंह थापा नेपाल समूहबाट जितेका थिए भने उदयपुृरगढीका अध्यक्ष मानबहादुर मगर नेपाल समूहको एकीकृत समाजबादीमा गएका छन्। लिमचुङबुङमा यसअघि एमालेको नेपाल समूहबाट पराजित अध्यक्ष उम्मेदवार भलराज राई पछिल्लो समय ओली समूहमा गएका थिए।
ओली कदमलाई प्रतिगमनको संज्ञा दिदै आन्दोलनमासमेत हिडेका पार्टीका पूर्व जिल्ला अध्यक्ष इश्वरमणि राउत नेकपा विघटनपछि एमालेमा बसेका थिए। उनले अन्तिम समयसम्म टिकटको दावी नछाडे पनि ओली समूहकै भागवत राउतले टिकट पाएका छन्।
त्रियुगामा यसअघि नेपाल समूहबाट मेयर जितेका बलदेव चौधरी एसमा लागेर माओबादीसँगको गठबन्धनबाट मेयर उठ्ने तयारीमा छन्। सबैतिर ओली समूहले मात्र टिकट पाएपछि एमालेभित्र अन्तरसंघर्ष चर्किएको छ। कतिपयले बागी उम्मेदवारी हाल्ने तयारी गरिरहेका छन्। पुराना नेता यादवकुमार राईले लिमचुङबुङ गाउँपालिकामा अध्यक्षमा बागी हाल्ने घोषणा गरेका छन्। आईतबार विहान गाईघाटमा पत्रकार सम्मेलन गर्दै उनले बागी उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यसैबीच अहिलेसम्म उदयपुृरमा छिटफुटबाहेक उम्मेदवारी दर्ता भएको छैन। सबै स्थानीयतहमा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न कर्मचारी तमतयार भएर लागे पनि मध्यान्हसम्म कोही उम्मेदवारहरु दर्ता गर्न नआएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्। यता सत्तारुढ दलहरु गठबन्धन गर्ने विषयमा निश्कर्षमा पुग्न नसकेपछि बाँडफाँड टुंगो लाग्न अझै बाँकी छ। केही स्थानीयतहमा टुंगो लागे पनि धेरैजसोमा टुंगो लाग्न बाँकी रहेको गठबन्धन दलहरुले बताएका छन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्