पर्खाइमा रहेको चलचित्र ‘ के.जी.एफ. च्याप्टर २’ शुक्रबारदेखि एनएस सिनेमा हेटौँडामा प्रर्दशन हुने भएको छ ।

दक्षिण भारतको बहुचर्चित चलचित्र २०७९ वैशाख १ गते नववर्षको आगमनसंगै प्रर्दशन गर्न लागिएको चलचित्र केजीएफ–२ को लागि टिकट अग्रिम विक्री सुरु गर्ने भएको छ ।

पहिलो च्याप्टर हेरिसकेका दर्शकहरुले पछिल्लो समयको कथाको बारेमा बुझ्ने भन्दै दोस्रो च्याप्टरको पर्खाइमा रहेका दर्शकहरुलाई सहज बनाउन चारदिन सम्मको टिकट विक्री गर्न लागिएको हेटौँडा ४को एनएस सिनेमा हल प्रोपाइटर नवराज आचार्याले बताए ।

प्रशान्त नीलद्वारा निर्देशित च्याप्टर २ भारतीय कन्नड भाषाको एक्सन चलचित्रमा यशनै मुख्य भूमिकामा रहेका हुन् ।
बलिउड चर्चित अभिनेता सञ्जय दत्त विद्रोही भूमिकामा छन् भने  बलिउडकी अभिनेत्री समेतको दमदार अभिनय रहेको निर्माण पक्षको भनाई छ ।
चर्चित कलाकार सञ्जय दत्त र रवीना टंडनको प्रवेशले दर्शकको विशेष ध्यान तानिएको छ ।
चलचित्रलाई हिन्दी, मलयालम, तमिल र तेलगु भाषाहरूमा डब गरिनेछ भनिय संगै नेपालमा हिन्दीमा डब गरिएको चलचित्र प्रर्दशन हुने भएको हो ।

दैनिक चार शो सञ्चालन गर्ने तयारी गरिएको र चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने हल संयोजक किशोर राज पौडेलले बताए ।

चलचित्रलाई हेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर.057-524718  मा अग्रिम बुकिङ्ग गर्न सकिने संयोजक पौडेलले बताए ।