हेटौंडा । महिला पत्रकारहरुको क्रियाशिल संस्था सञ्चारिका समूह मकवानपुरले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आइतबार हेटौंडा–१३,स्थित वनस्पती पार्कमा विजया दशमीको पूर्वसन्धायमा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षमा प्रदेशकी महासचिव नानीमैया सापकोटाको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रमको भएको हो ।
गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनको कारणले सञ्चार क्षेत्र अस्थव्यवस्थ भएको र सञ्चार क्षेत्रलाई अगाडि बढाउने विषयमा कुरा उठाइएको संस्थाकी उपाध्यक्ष जमुना थिङले बताएकी छिन् ।
आन्दोनपछि भएको सञ्चार क्षेत्रको चुनौतीलाई चिर्दै अगाडि बढ्न आवश्यक रहेको बताउँदै सबैमा विजया दशमीको शुभकामना व्यक्त गरिन् । कार्यक्रम संस्थाकी संस्थापक अध्यक्ष सरिता दहाल लगायतको उपस्थिति रहेको थियो ।

































प्रतिक्रिया दिनुहोस्