रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकाबाट समाजको हितका लागी केहि गर्ने मोह भएका हेटौडेली युवाहरुले शनिबार चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थित पोल्चिङ, कालिटारमा पुगेर लत्ताकपडा वितरण गरेका छन् ।

विपन्न वर्ग समुहका मानिसहरुको परिवारमा उक्त लत्ताकपडा वितरण गरेका हुन् ।

विपन्न वर्ग समुहका मानिसहरुलाई जाडोमा शरिर ढाक्नको लागी लत्ताकपडाको अभाव भएको समस्यालाई मध्यनजर गर्दै हेटौडा उपमहानगरपालिकाका “सोलजर्स अफ हेटौंडा”का देवराज घिमिरे,  रवि दाहाल र हरि नेपाल तथा “रोट्रयाक्ट क्लब अफ हेटौडा”का अध्यक्ष अमृत लामिछाने लगाएत “नेप्लिज युथ फर क्लाइमेट एक्सन”का सम्पुर्ण युवा सदस्यहरुले सामुहिक रुपमा गएर लत्ताकपडा वितरण गरेका हुन् ।