सहयोगको सामाग्री हस्तान्तरण गरिँदै ।

हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेपा) लाई सहयोग प्राप्त भएको छ । चीनको युनान प्रदेशिक खेलकुद व्युरोले राखेपालाई आवश्यक खेलकुदको तथा स्वास्थ्य परीक्षणको सामाग्री सहयोग गरेको छ । मंगलबार ललितपूरको अन्तर्राष्ट्रिय स्पोर्टस् कम्पलेक्समा एक कार्यक्रमको आयोजना गर्दै नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सहयोग स्वरुप खेलकुद तथा स्वास्थ्यको सामाग्री हस्तान्तरण गरेको हुन् ।

प्रादेशिक खेलकुद ब्युरोले राखेपालाई करिब ८५ लाख रुपैयाँ बराबरको ३५ प्रकारका सामाग्री सहयोग स्वरुप प्रदान गरेको राखेपाका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । सहयोगको सामाग्री प्राप्तपछि सदस्यसचिव घिसिङले नेपाल र चीनबीच स्थापित राम्रो सम्बन्धको बारेमा बताए । उनले सामाग्री सहयोग गरेकोमा खुशी व्यक्त गर्दै यसले निरन्तर पाउने अपेक्षा गरेको धारणा राखेका छन् ।

आगामी वर्षसम्म २० औं एशियाली राष्ट्रय खेलकुद प्रतियोगिता हुने बताउँदै सहयोग स्वरुप पाप्त भएको सामाग्रीले खेलाडीहरुलाई प्रशिक्षणको क्रममा सहजता प्रदान गर्ने विश्वास लिएका छन् । मिसन–२०२६ अन्तर्गत राष्ट्रिय खेलाडी बन्ने खेलाडीको शारीरिक एवम् मानिसक परीक्षण गरिने बताए ।

विभिन्न खेलको संघसँग समन्वय गरेर प्रशिक्षणको कार्यलाई अगाडि बढाउने उनको भनाई छ । विगतको दिनहरुमा पनि सहयोग गरेको कुरालाई स्मरण गर्दै यो सहयोगले नेपालको खेलकुद जगतमा टेवा पुग्ने विश्वास लिएको डेपुटी चिफ दी मिसन वाङले बताए । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहतले विगतको समयमा पनि चिनले सहयोग गरेको बताए ।

राखेपका सदस्य–सचिव घिसिङको अध्यक्षता तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यको प्रमुख आतित्यथामा कार्यक्रमको सामाग्री हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमपछि सामूहिक तस्बीर खिचाउँदै ।

रातो समाचार संवाददाता
थप जानकारी