Rato Samachar
Sat, 25 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
शिक्षा समाचार समाज

महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो । महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने छ । तर भारतले निर्माण गर्ने नहरको अझै टुङ्गो छैन । नेपालले यसैवर्षदेखि आफ्नोतर्फ नहर निर्माण गर्ने भएको छ । महाकाली पारीको दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले शारदा बैराज (नहर)बाट सन्धिअनुसार पानी उपलब्ध गराउनुपर्ने छ । सन्धि भएको २७ वर्ष वित्दा समेत भारतले शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । नेपाल–भारत सीमासम्म भारतले एक हजार १०० मिटर मूल नहरसँगै अन्य संरचना समेत निर्माण गर्नुपर्ने हुन्छ । डेढ दशकअघिदेखि ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर निर्माण थाले पनि आयोजनाले पनि दोधारा चाँदनीतर्फ मूल नहर बनाउनुपर्ने विषय प्राथमिकतामा राख्न सकेको थिएन । पछिल्लो समय सिँचाइ आयोजना आफ्नो भूमिमा मूल नहर निर्माण गर्न अग्रसर भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनियर शम्भु पण्डितले दोधारा चाँदनीमा चालु आर्थिक वर्षमा नै नहर निर्माण गर्ने गरी तयारी भइरहेको बताउनुभयो । “भारतीय पक्षले सन्धिअनुसार त्यहाँ बनाउनुपर्ने नहर र संरचना निर्माण गर्न कुनै सुरसार गरेको छैन”, उहाँले भन्नुभयो, “नेपाल–भारतका अधिकारीबीच हुने संयुक्त बैठकमा उक्त विषयमा छलफल हुने गरेको भए पनि निकास भने दिइएको छैन ।” सन्धिअनुसार भारतले दोधारा चाँदनीलाई तीन हजार ५०० हेक्टर क्षेत्रफलका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो । सन्धिको ४ नं बुँदामा दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउनुपर्ने विषय समेटिएको छ । “बुदा नं ३ मा पञ्चेश्वर परियोजनाको विषय रहेकाले बुँदागतरूपमा कार्यान्वयन गरौँ भन्नेमा भारतको जोड देखिन्छ”, सिँचाइ स्रोतले भन्यो, “पञ्चेश्वर नबन्दासम्म दोधारा चाँदनीलाई पानी दिने विषयमा भारतीय पक्ष तयार देखिँदैन ।” यता सिँचाइ आयोजनाले भने भारतमाथि दबाब बढाउन पनि आफ्नो भूमिमा एक हजार २०० मिटर मूल नहर निर्माणको काम अघि बढाउँदै छ । “नहर खनिने क्षेत्रको मुआब्जाका लागि सूचना सार्वजनिक गरिसकेका छौँ”, इञ्जीनियर पण्डितले भन्नुभयो, “चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया सकेर ५०० मिटर नहर बनाइसक्ने गरी योजना अघि बढाएका छौँ ।” वर्षात्मा हरेक वर्ष महाकाली र जोगबुढा नदीको बाढीको त्रास दोधारा–चाँदनीका बासिन्दालाई रहन्छ । बाढीमा पानी उपलब्ध हुने गरेपनि आवश्यक पर्दा भने त्यहाँका बासिन्दाले बोरिङको पानीको सहारा लिनुपर्ने बाध्यता छ । “छेउमै महाकाली बगेर के गर्नु, हामीलाई एक थोपा पानी छैन”, दोधारा चाँदनी नगरपालिका–१ का नरबहादुर थापाले भन्नुभयो, “६ महिनामै गर्ने काम भारतीय पक्षले २७ वर्षसम्म पनि अघि बढाएको छैन ।” उहाँले शारदा नहरबाट पानी उपलब्ध गराउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । झण्डै २६ हजार मतदाता रहेको दोधारा–चाँदनी कुनै समय कञ्चनपुरकै विकट क्षेत्रका रुपमा चिनिन्थ्यो । महाकाली नदीमा एशियाकै लामो झोलुङ्गे पुल बनेपछि उक्त क्षेत्र मुलुकको मूलप्रवाहमा आएको छ । हाल महाकाली नदीमा चार लेनको पक्की पुल बन्दै छ । दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्ने भएपछि सो क्षेत्रको मुहार नै फेरिएको छ । भारतले पनि सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलसित सडक सञ्जाल विस्तार गरे दोधारा–चाँदनी सुदूरपश्चिम प्रदेशको आर्थिक नाकाको रुपमा चिनिने निश्चित छ । दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बू दोधारा चाँदनीमा नहर निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुहुन्छ । “नहर निर्माणपछि किसानलाई खेतीपाती गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “नहर निर्माणपछि आकासे पानी र बोरिङका भरमा बस्नुपर्ने बाध्यता हट्नेछ ।” नेपालले ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत हालसम्म झण्डै २८ किलोमिटर मूल नहर निर्माण गरेको छ । विसं २०६४ देखि उक्त नहर निर्माण गर्न थालिएको हो । भारतीय पक्षले भने नेपाल सीमासम्म भर्खरै एक हजार दुई सय मिटर नहर निर्माण गरेको छ । भारतले उक्त नहर दुई वर्षमा निर्माण गरेको हो । अब चाँडै उक्त नहरमा महाकालीको पानी बग्ने आयोजनाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

1хвеt Rеgіѕtrаtіοn Ηοw Tο Ѕіgn Uр Аt 1хвеt

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology