रोशन दिप – मकवानपुरको जेन–जी समितिले बुधवार विज्ञप्ति जारी गर्दै मकवानपुरका सबै जेन–जी एक हुन आह्वान
गरेको छ ।

जेन–जी समिति मकवानपुरका अध्यक्ष सुविन खत्रीले एउटै उद्देश्य, एउटै संकल्प र एउटै मोर्चामा सबै जेन्जी उभिनु पर्ने बताएका छन् । उनले जेन–जीको उद्देश्य कसैले बिर्सिनु हुँदैन भन्दै जेन–जी आन्दोलनको मूलभूत एजेण्डा पुन:स्मरण गराउन जारी विज्ञप्तिमा मागहरु समेत सार्वजनिक गरेका छन् ।

सार्वजनिक मागहरु यस प्रकार रहेको छ :

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था

भ्रष्टाचार नियन्त्रण गर्न स्वायत्त, शक्शिाली र दण्डात्मक अधिकार प्राप्त आयोगको निर्माण

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिस्चिताको ग्यारेन्टी

प्रदेश सम्रचना आवश्यक अनुरुप परिमार्जित गर्नुपर्ने