Rato Samachar
Thu, 4 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
विचार-ब्लग स्वास्थ्य

बालबालिकालाई टाइफाइड खोप: कति सुरक्षित

‘ज्वरो आयो? टाइफाइड होला!’ यो हाम्रो समुदायमा प्रयोग हुने प्रचलित वाक्य हो। यसबाट नेपालमा टाइफाइडको समस्या/प्रभाव कति व्यापक छ/रहेछ भनेर अनुमान गर्न सकिन्छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको पछिल्लो पाँच वर्षको तथ्यांक केलाउँदा धेरै बिरामी अस्पताल भर्ना गराउने कारक संक्रामक रोगमा टाइफाइडले पाँचौं स्थान ओगटेको देखिन्छ।

टाइफाइड लागेपछि स्वास्थ्यमा समस्या, आर्थिक भार तथा उपचारमा ढिला भए बिरामीको ज्यानै जान सक्ने सम्भावना हुन्छ।

‘उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम’ भने झैं खोपले बालबालिकामा टाइफाइड उल्लेखनीय संख्यामा घटाउन सक्ने केही समय अगाडि नेपालमा गरेको अनुसन्धानले देखाएको छ।

विश्व स्वास्थ्य संगठनको विज्ञ सल्लाहकार समूहले सन् २०१७ को अक्टोबर महिनामा टाइफाइड कन्जुगेटेड भ्याक्सिन (टिसिभी) को प्रयोग छ महिना माथिका बालबालिकामा (१५ वर्षसम्म) गर्न सिफारिस गरेको थियो।

नेपालमा पहिलो पटक चैत २५ देखि वैशाख १८ (वि.सं २०७९) गते सम्ममा १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरूद्ध खोपको एक मात्रा डोज दिने निर्णय गरेको छ।

यो खोप नियमित बाल खोप कार्यक्रम अन्तर्गत पनि राख्ने निर्णय गरिएको छ। तर धेरै जना ‘टाइफाइड खोप’ कति सुरक्षित छ? र किन आवश्यक छ? भन्ने जिज्ञासाका साथ अझै अलमलमा परेका देखिन्छन्। अभिभावकमा आफ्ना बालबालिकाको स्वास्थ्यलाई लिएर संवेदनशील हुनु तथा यस्ता चासो देखिनु स्वाभाविक मानिन्छ।

टाइफाइडले सबै उमेर समूहलाई प्रभावित पार्ने गर्दछ। यसमा बालबालिकाको संख्या पनि उल्लेखनीय छ। बालबालिकामा पनि विशेषत: विद्यालय जाने उमेरकाहरू बढी प्रभावित हुने गरेको नेपालमा गरिएका विभिन्न अनुसन्धानहरूले देखाउँछन्।

नेपालमा गरिएको एक अनुसन्धानका अनुसार टाइफाइड संक्रमित बालबालिकाहरूमध्ये ८१ प्रतिशत विद्यालय जाने उमेरकाहरू थिए। संक्रमितहरूमा क्रमश: ज्वरो आउने,  टाउको दुख्ने, खानामा अरूचि देखिने, खोकी लाग्ने, पेट दुख्ने, जिउ दुख्ने, पातलो दिसा लाग्ने जस्ता लक्षणहरू देखिएका थिए।

झन्डै ८० प्रतिशत संक्रमितमा कलेजोको आकार बढेको पाइयो भने फियो पनि बढेको देखियो। तर मृत्यु भने शून्य थियो। बालबालिकामा संक्रमण असार/साउन तथा कात्तिक/मंसिर गरी वर्षमा दुई पटक बढी मात्रामा देखिने गरेको धुलिखेल अस्पतालमा गरेको ‘जर्नल अफ नेपाल पेडियाट्रिक सोसाइटी’ मा प्रकाशित अनुसन्धानले देखाएको थियो।

टाइफाइड ‘सल्मोनेला एन्टेरिका सेरोभार टाइफी’ अर्थात् ‘सल्मोनेला टाइफी’ ब्याक्टेरियाको कारणले हुने गर्दछ। यसलाई म्यादे ज्वरो पनि भन्ने गरिन्छ। लक्षणहरू सामान्यतया एकदेखि तीन हप्तासम्म रहने गर्दछ।

यसले विशेषत: सानो आन्द्रामा असर पार्ने र समयमा उपचार नगरे आन्द्रामा नै प्वाल पार्ने हुन्छ। र त्यस्तै अरू विभिन्न अंगहरूमा पनि जटिलता देखिन सक्छ। जटिल अवस्था सृजना भएर अस्पताल भर्ना भएका मध्येमा अनुमानित १ देखि ५ प्रतिशतको मृत्यु हुने गर्दछ। संक्रमितमध्येमा सानो समूहको पित्तथैलीमा यो ब्याक्टेरिया दीर्घकालीन रूपमा रहने गर्दछ जसलाई ‘क्यारियर’ पनि भन्ने गरिन्छ।

टाइफाइड ‘सल्मोनेला टाइफी’ ब्याक्टेरिया संक्रमित खाना तथा पानीबाट सर्ने गर्दछ। हाल मानिसहरूमा सफा र सुरक्षित पानीप्रति सजक भएको देखिन्छ। तर स्कुले विद्यार्थी विद्यालय जाँदा र फर्कंदा बाटोमा राखिएका खानेकुराप्रति आकर्षित हुने गरेको देखिन्छ।

घर तथा विद्यालयमा सफा खानेपानी र ताजा खानेकुरामा ध्यान दिने गरेको भएता पनि विशेषत घर फर्कंदा बाटोमा राखिएका खानेकुरा अर्थात् ‘स्ट्रिट फूड’ खाने गरेको पाइन्छ।

सबै ‘स्ट्रिट फूड’ स्वास्थ्यको दृष्टिले सुरक्षित नै हुन्छ भन्ने हुँदैन। यस्ता असुरक्षित खानेकुराबाट टाइफाइडको संक्रमण फैलन सक्छ। घरमै पनि हामीले प्रयोग गर्ने पानीमा टाइफाइडको संक्रमण हुनसक्छ।

आज भोलि धेरैको घर वा कार्यालयमा बजारबाट किनेर ल्याएको पानी प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ र तीमध्ये कतिपय पानी सुरक्षित नभएको/नहुने बेलाबखतमा सम्बन्धित निकायले छड्के परीक्षण गर्दाको नतिजाबाट पनि स्पष्ट हुन्छ। बाध्यता वा सहजताको कारणले व्यवसायिक पानीको बढ्दो प्रयोगले टाइफाइडको जोखिम पनि बढ्दै गइरहेको देखिन्छ।

आजभोलि एन्टिबायोटिकको सहज पहुँचले गर्दा जथाभावी तथा अनावश्यक प्रयोग बढ्दै गइरहेको छ। यसले गर्दा ‘ड्रग वा एन्टिबायोटिक रेसिस्टेन्स’ को समस्या विकराल हुँदै गएको विभिन्न अनुसन्धानले देखाएका छन्।

यो समस्या २१ औ शताब्दीको मुख्य चुनौतीको रूपमा खडा भएको छ भन्दा अत्युक्ति नहोला। टाइफाइडले आफूलाई हाल उपलब्ध एन्टिबायोटिकविरूद्ध सबल बनाउँदै लगेको देखिन्छ।

चिकित्सा पेशा सुरू गरेदेखि अहिलेसम्मको अवस्थालाई आफूले हेर्दा टाइफाइडविरूद्ध प्रयोग हुने कम्तीमा छ प्रकारका एन्टिबायोटिक परिवर्तन भैसकेका छन्। तर कुनै नयाँ औषधीको विकास गरेर प्रयोगमा ल्याउन भने वर्षौं लाग्ने गर्दछ। तसर्थ, यो अवस्थाले निरन्तरता पाए भविष्यमा टाइफाइडको उपचारमा ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। तर टाइफाइडविरूद्धको खोप लगाउन सके भने बर्सेनि देखिने टाइफाइडको संख्या घट्ने र फलस्वरूप जथाभावी र अनावश्यक एन्टिबायोटिकको प्रयोगमा स्वतः कमी आउने छ।

टाइफाइड कन्जुगेटेड भ्याक्सिन (टिसिभी) को क्लिनिकल ट्रायल नेपालमा सन् २०१७/२०१८ मा भएको देखिन्छ। सो अनुसन्धानको नतिजा अनुसार नेपालमा भ्याक्सिनको प्रभावकारिता ८१ दशमलव ६ प्रतिशत थियो।

खोप लगाएको पहिलो हप्तामा, खोप लगाएको भागमा सामान्य दुखाइ हुने (५% मा ), हल्का ज्वरो आउने (५% मा ), बान्ता हुने (१% मा), पखाला लाग्ने(२% मा) र खाना अरूचि (२% मा) हुने जस्ता थिए। खोप लगाएको दुई वर्षमा यो खोपको प्रभावकारिता ७९ प्रतिशत देखिएको थियो। अर्थात्, छोटकरीमा भन्नुपर्दा यो खोप सुरक्षित र प्रभावकारी देखिएको छ। यो अनुसन्धानमा नौ महिनादेखि १६ वर्ष सम्मका नेपाली बालबालिकाहरूलाई समावेश गरिएका थिए।

अन्तमा, टाइफाइडको मुख्य स्रोत संक्रमित खाना र पानी हो। तर, विशेषत विद्यालय जाने बालबालिकालाई बाटोमा राखिएका खानेकुरा अर्थात् ‘स्ट्रिट फूड’ खानबाट रोक्न व्यावहारिक रूपमा सहज देखिँदैन। त्यस्तै, एन्टिबायोटिकको सहज उपलब्धता तथा जथाभावी प्रयोगले गर्दा यसको क्षमतामा पनि तीव्र गतिमा ह्रास देखिँदै गइरहेको विभिन्न अनुसन्धानबाट देखिन्छ।

तसर्थ, यी र यस्ता समस्याको सम्बोधन गर्दै टाइफाइडको विकराल समस्यालाई कम गर्न खोप उपयुक्त विकल्प हुनसक्छ।

(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

साभारः सेताेपाटी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

मकवानपुरमा ९५ प्रतिशतलाई एचपीभी खोप लगाइयो

रातो समाचार संवाददाता

मकवानपुरका ४ हजार किशोरीलाई एचपीभी खोप लगाइने

रातो समाचार संवाददाता

रेडियो मकवानपुरको वार्षिकोत्सवमा सञ्चारिका समूहलाई सेन्टरी प्याड सहयोग

रातो समाचार संवाददाता

कमाने प्रिमियर लिग: एक्सपर्ट भिजन–११ काे लिग चरणमा दुई जीत

रातो समाचार संवाददाता

कमाने प्रिमियर लिग क्रिकेट, दोस्रो खेलमा कमाने लायन्स विजयी

रातो समाचार संवाददाता

जिवन रक्षाको अपिल गर्दै बोन म्यारो क्यानसरसङ्ग लडिरहेका रुपलाल

रातो समाचार संवाददाता

राप्रपाका नेता दीपक सिंहको पहलमा चिरुवा खोलामा पुल बन्ने पक्का,२५ करोडको स्रोत सहमति

रातो समाचार संवाददाता

अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, रिदम र रेश्मालाई स्वर्ण, ज्योति र शहसीलाई रजत, रोहितलाई काँस्य

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology