लागूऔषध सहित पक्राउ परेका अमोद बस्नेत बायाँ र खैरोहेरोइन दायाँ ।

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ का ४० वर्षीय अमोद बस्नेत लागूऔषध खैरोहेरोइन सहित पक्राउ परेका छन् । बुधबार अञ्दाजी ५ बजेर ३० मिनेटको समयमा गाउँपालिका वडा नम्बर–४,स्थित जुरेली बजारको इन्टरप्राइजेज पसलमा लागूऔषध विक्री वितरण भइरहेको छ भन्ने खबर प्राप्त हुनसाथ विशेष सूचनाको आधारमा प्रहरीले लागूऔषध खैरोहेरोइन सहित अमोद बस्नेतलाई पक्राउ गरेका हुन् ।

बकैयाको अस्थायी प्रहरी पोष्ट गरगरे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा बस्नेतलाई फेला पारेर निजको रितपुर्वक शरीर तथा पसल समेतको खानतलासी गर्दा पसलको कुनामा बियरको काटुन भित्र १ थान डिजिटल तराजु र प्लाष्टिकले बेरिएको अवस्थामा सानो–सानो २७ वटा पुरियामा १ ग्राम ७४० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला पारेको प्रहरीले जानकारी दिएको छ । लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध सम्बन्धीको कसुर मुद्दामा ५ दिनको म्याद थपको अनुमती लिई हिरासदमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी