रोशन दिप – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी नेवि संघ हेटौंडा क्याम्पस इकाई सचिवको जिम्मेवारी सन्देश पटेललाई दिइएको छ ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम क्याम्पसका नेवि संघ इकाई अध्यक्ष युवराज विश्वकर्माले उनलाई हेटौंडा क्याम्पस इकाई समितिको सचिवको जिम्मेवारी दिएका हुन् ।

कक्षा–११ देखिनै सदस्य भएर नेविसंघमा सक्रिय रहेका समृद्ध समाज रेडियो निकासका संचारकर्मी पटेल अहिले स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकायमा अध्यनरत छन् ।

नेवि संघको विधि विधान र मान्यतामा रहेर संघलाई गतिशिल र मजबुत बनाउने विश्वास पटेलले लिएका छन् ।

जिम्मेवारी पाएपछि पटेलले संघको विधि विधानमा रहेर काम गर्ने प्रतिवद्धता जनाउदै उपयुक्त कार्य गरी आफ्नो जिम्मेवारीले क्याम्पसमा संगठनलाई थप उचाइ दिने प्रयासमा लागिपर्ने बताउँदै चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा उम्मेद्वारी दिने योजना रहेको बताए।