हेटौंडा- नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले आज हेटौंडामा पद तथा गोपनीयताको सपथ लिएको छ ।

८१ सदस्यीय कमिटिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मान कुमारी नेपालीले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।

सपथ लगत्तै भएको नगर कमिटिको प्रथम पूर्ण बैठकले नगर अधिवेशनबाट चयन हुन बाँकी दुई उपाध्यक्ष र सचिव चयन गरेको छ ।

बैठकले उपाध्यक्षमा प्रदिप अर्याल र गुणराज घिमिरे (शंकर) र सचिवमा भुवन खनाललाई चयन गरेको हो । यस अघि भएको अधिवेशनबाट अध्यक्षमा तिर्थ थापा, उपाध्यक्ष सोनी गुरुङ, सह सचिव राजकुमार बानियाँ र कोषाध्यक्ष तारादेवी मोक्तान चयन भएका थिए ।

बैठकले २७ सदस्यीय नगर सचिवालय पनि गठन गरेको छ । सपथ ग्रहण तथा प्रथम पूर्ण बैठक नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेपालीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका उपाध्यक्ष प्रेम बहादुर पुलामीको विषेश आतिथ्यतामा भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक सक्र्रेश घलान (मधु), सचिव भीम पाख्रिन, मकवानपुर १ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज ललित घलान, १(क) की इन्चार्ज लक्ष्मी पाख्रिन (डोल्मा), हेटौंडा उपमहानगरकमिटि इन्चार्ज विवेक राई, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमानसि पाख्रिन लगायतको आतिथ्यता रहेको थियो