हेटौँडा । मकवानपुर चौपाया व्यवसायी हकहित संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौंडा–१, चौकीटोलस्थित तरकारी बजारमा चौपाया व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न भएको हो । चौपाया व्यवसायी संघका अध्यक्ष राजु कार्कीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा साधारण सभाको उद्धाटन गरिएको थियो । आइतबार भएको साधारण सभाबाट संघको सचिवमा रोशन बल चयन भएका छन् । संघको रिक्त रहेको सचिवमा रोशन तामाङलाई सर्वसम्मत चयन गरिएको हो ।
साधारण सभामा गाई, भैँसी बाख्रा पालन गर्ने करिब ७० जनाको हाराहारीमा व्यवसायीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष कार्कीले संघका आवद्ध सदस्यहरुलाई २ वर्षको परिचय पत्र वितरण गरेको जानकारी गराएका छन् । उनले आगामी दिनमा चौपाया व्यवसायीहरुका लागि थप टहरोको निर्माण गर्ने, कार्यालयको भवन निर्माण गर्ने, व्यापारीहरुको बिमा गर्ने, व्यापारी सदस्यहरुको क्वी आरको व्यवस्था गर्ने र बाटो निर्माण गर्ने योजना बनाइएको बताए ।
नगर प्रमुख लामाले पालिकाले सबै काम सिस्टमेट तरिकाले गरेको बताएकी छिन् । उनले चौपायाको व्यवसायी गर्दै गर्दा कति गाइ, भैँसी र बाख्रा खपत भएको छ भन्ने कुरा बुझ्नुपर्ने बताइन् । विभिन्न क्षेत्रमा लगानी गर्दै गर्दा कृषि सँग सम्बन्धीत वस्तुको उत्पादन गर्ने कार्यमा लागेको बताइन् । साधारण सभामा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपाने र वरिष्ठ अधिक्ता इश्वरराज ढकाल विशेष आतिथ्य रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्