Rato Samachar
Wed, 30 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजना आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिकस्थल भन्ने गरिन्छ । हिन्दू तथा वौद्ध धर्मवालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथसमेत भन्न थालिएको छ । गलेश्वरका साथै म्याग्दीका अन्य शिवालयमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लगोको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाँट, दरबाङलगायत ठाउँमा रहेको शिवालयमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् । गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट भक्तजन आएको बताउनुभयो । मन्दिर प्रवेशमा मास्क अनिवार्य बनाइएको छ । पूजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमंसेवक परिचालन भएका छन् । बेनीको खुला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि बिहानैदेखि पूजाआजा गर्न आएका भक्तजनको चहलपहल भएको शिवालय मन्दिर संरक्षण समितिका सुन्दर केसीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology