नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

मकवानपुरको सभापति पदको उम्मेदवार बुद्ध लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछाने तेस्रो स्थानमा रहेका छन् ।

खसेको मतमा गणना अनुसार पराजुलीले ५४५ लामाले ५९२ लामिछानेले ५३१ मत प्राप्त गरेका छन् । १०७ बदर भएको छ ।

सभापतिमा उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेर मंगलबार पुनः मतदान हुने भएको  हो ।

निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो । ५१ प्रतिशत नपुगेकोले दोस्रो चरणमा पराजुली र लामाबीच भोटिङ्ग युद्ध हुने छ ।

प राजुलीले केन्द्रीय सहमहामन्त्री नेतृ महालक्ष्मी उपाध्याय (डिना)को समर्थन पाएका छन् ।

लामाले बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँको समर्थन पाएका छन् ।