मकवानपुरको हेटौंडा उपमहानगर १९ मा लागु औषध गाँजा सहित ३जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले वडा नं. १९ बस्तीपुर स्थित पुर्ब पश्चिम लोकमार्ग सडक खण्डमा ३जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थानका बर्ष ४० का किताब सिं गोले, राक्सीराङ गाँउपालिका वडा नं. १ बस्ने बर्ष ३२का बिक्रम कुमार गोले बर्ष ३४ का कुमार घ्यावा रहेका छन् ।
मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज १६५६ नं.को यात्रुबाहक माईक्रो बसलाई रोकी चेकजांच गर्दा उक्त माईक्रो बसमा सवार रहेका उनिहरुकोसाथबाट १६ किलो लागु औषध गाँजा फेला परेको हुंदा पक्राउ गरेको पैहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराए अनुसारउक्त लागु औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।