हेटौंडा/ नेशनल गोल्ड टेलिभिजन र हेटौंडा एफएमको आयोजनामा खुल्ला तीज महोत्सव कार्यक्रम हुने भएको छ । आगामी शुक्रबार हेटौंडा–४,स्थित पशुपती मन्दिरको परिषरमा खुल्ला तीज महोत्सव कार्यक्रम हुने भएको हो ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा विगतमा जस्तै यसवर्ष पनि तीज गीत महोत्सवलाई निरन्तरता दिने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको नेशनल गोल्ड टेलिभिजनका प्रबन्ध निर्देशक उज्जवल चौलागाईंले बताएका छन् ।
मौलिकता तथा परम्परालाई जागरण गर्ने उद्देश्यले आयोजना महोत्सवको आयोजना गर्न लागेको निर्देशक चौलागाईंले बताएका हुन् । राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको महोत्वमा प्रस्तुती रहने भन्दै चौलागाईंले भने– यसवर्ष चर्चित लोक गायिकाहरु सहिमा श्रेष्ठ, प्रतिभा सापकोटा, बन्दना पाण्डे र बाल कलाकार आयुषा गौतम, हाँस्यकलाकार तथा जादुगर राजेन्द्र गिरी (गुन्द्रुके), नेपालकै सबैभन्दा होचा व्यक्ति मनोज गोर्खाली आउने छन् ।
पूर्ण शाक्य एण्ड सन्स सुनचाँदी पसलको मुख्य सहयोगमा तथा शिवम् सिमेन्टको सहप्रायोजनमा हुने महोत्सव प्रवेश शुल्क लाग्ने छैन् ।
प्रतिक्रिया दिनुहोस्