हेटौँडा उपमहानगर भित्र कोभिड बिरुद्ध खोप अभियानले तिब्रता पाएको छ ।

 

Hetauda-सामुदायिक प्रहरी सेवा कोभिड बिरुद्ध खोप अभियानमा#Pradip_Kadel–samudayik prahari-sewama

 

यसै बिच सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको आयोजनामा हेटौंडा वडा नम्बर –१०मा कोभिड बिरुद्ध खोप अभियानमा पहिलो डोज खोपको मात्रा नलगाएकालाई र पहिलो लगाएकालाई दोस्रो र मात्रा लगाई सकेर ६ महिना पुरा भएकालाई बुस्टरडोज लगाईको हो ।

गएको २ गतेदेखि सुरु गरिएको अभियानमा सोमबार १० गते सम्मको कोभिड बिरुद्ध खोप अभियानसंगै हरेकलाई मास्क लगाउन अनुरोध गर्दै निःशुल्क मास्क बितरण समेत गरेको हो ।

सहयोग अभियानमा सहयोग गर्ने मकवानपुर प्रहरी, प्रशासन सामग्री सहयोग गर्नुहुने बिभिन्न स्थानमा रहनुभएका व्यक्ती, जनप्रतिनिधिहरुका कारण सहज भएको अध्यक्ष प्रदिप कडेलले बताए ।

हेटौंडा उपमहानगर पालिका,जिल्ला प्रशासन, जिल्ला प्रहरी, पुरानो नारायणि यातायात प्रा.लि.,आदर्श युवा उप समिती,सचेत नागरिक युवा समुह, सानाहातहरु नेपाल मकवानपुर सामुदायिक प्रहरी हेटौंडा १० लगायत सहयोगी सबैमा धन्यवाद व्यक्त गरे ।