बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख अतिथ्यतामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा कोभिड बिरुद्धको खोप अभियान शुरु भएको छ ।

वडा नम्बर ९ स्थित सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्रमा कोरोनाविरुद्ध खोप अभियान आइतबारदेखि शुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारले सरकारी निकायसंगै सामाजिक संघसंस्था र नागरिक समाजको सहकार्यले चैतसम्ममा सबैलाई खोप लगाउने अभियान रहने र यसमा सफल हुने विश्वास रहेको मन्त्री लामाले बताए ।

स्थानीय प्रशासन, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका क्षेत्रले खोप अभियानमा देखाएको सक्रियताकोे प्रशंसा गर्दै प्रदेशलाई पूर्ण खोप युक्त घोषणा गरिने बताए ।

संक्रमणको जोखिम न्यूनिकरणमा सबैको पहल र सहयोग आवाश्यक्ता रहेका खोप नलगाउने हरुलेपनि अभियानमा सहभागिताका जनाउन आग्रह गरे ।

तीन दिन सम्म खोप अभियानमा संचालन गरिने र फ्रन्टलाईनमा काम गर्नेहरु औद्योगिक क्षेत्र प्रवेश गर्ने सवारी चालक, पूर्व प्रहरी, सर्वसाधारण लगायतलाई काभिड विरुद्धको पहिलो डोजलाई विषेश प्राथमिकता दिइने सेवा केन्द्रका सचिवालय सदस्य नबराज कोइरालाले बताए ।

उनले बताए अनुसार आवश्यकता अनुसार अभियान संचालनको अवधी थपिने छ ।

सेवा केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा सुरु गरिएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे,जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता डिएसपी जयश्वर रिमाल,ईलाका प्रहरी पशुपतिनगरका प्रहरी प्रमुख अबिनाश अधिकारी,केन्द्रका संरक्षक आनदंराम पराजुली निवर्तमान अध्यक्ष कुमार पौडेल सामाजिक एवं राजनैतिक व्यक्तित्वहरु लगाएतको उपस्थिति रहेको थियो ।