टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन विषयमा बिभिन्न स्थानका सञ्चारकर्मी, सञ्चारकर्मीहरुको संगठनहरुबाट चासो देखाएका छन् ।

श्रमजीवी–पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैशी सहित कार्यसमिति सदस्यहरु पत्रकार एलबीको उपचार खर्च तलवबारेका जानकारी लिनका लागि टिभी टुडे कार्यालय मा पुगेका छन् ।

संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा रहेको पत्रकारको टोलीमा संघका केन्द्रीय सदस्य केशव भुल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवराज खत्री, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी, फरक नेपाल डटकमका डेक्स सम्पादक गणेश विकलगायत  टोलीनै पुगेका हुन् ।

मृतक एलबीले पाउनुपर्ने रकम सबै दिएको भएतापनि सामाजिक सुरक्षा कोष लागु नभएकाले उक्तकोष लागू गरि मृतकको आफन्तलाई राहत बच्चालाई शैक्षिक लगायतका खर्च दिनुपर्ने श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट माग गरिएको अध्यक्ष जैशीले बताए ।

टेलिभिजनका कार्यकारी निर्देशक विराज पन्त, प्रधानसम्पादक अरुणदेव जोशीसँग विश्वकर्माको उपचार खर्च र पारिश्रमिकबारे जानकारी लिएको हो ।
टेलिभिजनले विश्वकर्माको रकम सबै दिएको भएपनि सामाजिक सुरक्षा कोष लागु नभएकोमा लागू गरिनुपर्ने, मृतक पत्रकारको आफन्तलाई राहत दिनुपर्ने, मृतकको बच्चालाई पढाई खर्च दिनुपर्ने विषयमा ध्यानाकषर्ण गराइएको बताए

व्यवस्थापनले तत्काल दाहासंस्कार खर्चका लागि २१ हजार रुपैया दिएको र सन्तानको शैीक्षक खर्चस्वरुप केही राहत मृतक एलबीको पत्नीको नाममा उपलब्ध गराईने प्रतिवद्धता जनाईएको बताए ।

अध्यक्ष जैशीले “भने उनले भने सामाजिक सुरक्षा कोष,न्युनतम पारिश्रमिक लगायत अन्य ऐनमा तोकिएका सेवासुविधा दिलाउने वचन दिइएको बताए ।
यसै विच उपचारमा लापरवाही भएको भन्ने घटना बुझ्न र छानविन र कारवाहीको माग सहित सिभिल हस्पिटल प्रशासनमा पनि पुगेको बताए ।

व्यवस्थापनका पक्षबाट प्रतिनिधि डा.अनुजजङ्ग रायमाझीसंग छलफल गरि घटनाको छानविन र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट गेटमा धर्नादिने चेतावनी दिइएको बताए ।

डा.अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्ता व्यक्त गरेको बताएका छन् । आइतवार श्रमजीवी पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठकबाट गर्ने र न्यायका लागि पहल गर्ने जेशीली बताएका हुन् ।