जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिंदै आएको केही सेवालाई सिमित गरेको छ ।

महामारीका रुपमा फैलिरहेको कोभिडको मध्यनजर गर्दै  सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेद्धारा हस्ताक्षर गरिएको एक सुचना जारी गर्दै कार्यालयबाट  सेवाहरुमा सिमित गरि सेवा दिईने उल्लेख गरिएको छ ।

कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएकोले बिहिबार ५ बुँदे आदेश सहितको सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने सेवा कटौती गरेको जनाईएको हो ।

सुचनामा यस्तो लेखिएको छ ।

 

सूचना ! सूचना ! सूचना !

यस जिल्लामा कोभिड-१९ को संक्रमण तिव्र रुपमा बढिइरहेको साथै यस कार्यालयका कर्मचारीहरुमा समेत कोभिड-१९ संक्रमण हुन गएको अवस्थामा कोभिड-१९ रोग संक्रमण रोकथाम. नियन्त्रण तथा व्यवस्थापनका सन्र्दभमा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई केहि समयका लागि सिमित गरी देहाय बमोजिम गर्ने व्यवस्था मिलाइएको हुँदा यस कार्यालयमा आउनु हुने सम्पूर्ण सेवाग्राही महानुभावहरुमा यसै सूचनाद्वारा सु-सूचित गरिन्छ ।

देहाय:

१. कार्यालयको प्रवेशद्धार विहान ९:३० बजेपछि मात्र खुल्ने भएको हुनाले सो समयभन्दा अगाडि कार्यालय परिसरमा आई भिडभाड नगरिदिनु      हुन ।

२. कार्यालयमा सेवा लिन आउँदा अनिवार्य रुपमा खोप लगाई खोप कार्ड समेत लिई अन्य स्वास्थ्यका मापदण्डहरु पालना गरेर मात्र                      कार्यालयमा प्रवेश गरिदिनु हुन। ३. राहदानीको बायोमेट्रिक गर्न आउँदा अनिवार्य अनलाइन एप्वाइन्टमेट लिएर मात्र कागजातहरु सहित          आउनुहुन ।

 ४. राष्ट्रिय परिचय पत्र बनाउन राहदानीको अनलाइन एप्वाइन्टमेट लिएका व्यक्तिहरु मत्र सो सम्बन्धी कागजातहरु सहित आउनुहुन ।

५. नयाँ नागरिकता, प्रतिलिपि नागरिकता लगायतका अन्य सेवाहरु अति आवश्यक भएका प्रमाण भएमा मात्र दिइने हुँदा सोही बमोजिमका          सेवाग्राहीहरु मात्र सेवा लिन आउनुहुन ।