कोभिड–१९ को महामारिका समयमा अधिक मुल्यमा सर्जिकल मास्क विक्री गर्नेहरुमा प्रशासनले निगरानी गरेको छ ।

कोरोना संक्रमणको समयमा पनि मेडिकलहरुमा मास्कहरुमा कालोबजारी गरेको जानकारी आएको आधारमा निगरानी बढाईएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

आवश्यक भन्दा धेरै मूल्यमा सर्जिकल मास्क बिक्री गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मा रहेको सम्पूर्ण फार्मेसी सञ्चालक संजिता पोखरेललाई बुधाबार पक्राउ गरेको छ ।

विभिन्न सञ्चारमाध्यममा समेत मास्क कालोबजारीका समाचार आएपछि प्रहरीले प्रशासन कार्यालयसँगको सहकार्यमा अनुगमन अघि बढाएको छ । मङ्गलबार दुईजनालाई पक्राउ गरिएको थियो ।

उनीहरुविरुद्ध कालोबजारी ऐन अन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाईएको प्रहरीले जानएको छ ।