
शुक्रबारदेखि प्रर्दशनमा आएका दुईवटा विदेशी चलचित्रले सिनेमा घरहरुमा दर्शहरु तनेको छ ।
साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ र हलिउडको सफल चलचित्र ‘स्पाइडर म्यान’को ‘स्पाइडर म्यानः नो वे होम’ सिरिज शुक्रबारबाट प्रर्दशन भएपछि दुईचलचित्रले बक्स अफिसमा हलचल मच्चाएको हो ।
शुक्रबारदेखि प्रर्दशनमा आएको दुई चलचित्र हेर्नका लागि हेटौँडा ४ नारायणी मलमा रहेको एन एस सिनेमा हलमा निकै घुईचो भएको छ ।
अल्लु अर्जुन र रश्मीकाको मुख्य भूमिका रहेको ‘पुष्पा’ र निर्देशक : जोन वाट्स कलाकार टम हल्याण्ड, टोबी मागुइरे, एन्ड्र्यु गारफिल्ड, जेन्डाया आदि रहेको हलिउड चलचित्र ‘स्पाइडर म्यान’को ‘स्पाइडर म्यानः नो वे होम’ र दुबै चलचित्र प्रति पनि दर्शकको उत्साह छ भने आइताबार पनि एनएस सिनेमा हलमा दर्शकहरुको कोचाकोच भएकोछ ।
अल्लु अर्जुन र रश्मीकाको मुख्य भूमिका रहेको चलचित्र बारे ट्रेलर सार्वजनिक भएदेखि नै राम्रो समीक्षा आएकाले नेपालमा यो चलचित्रले पनि निक्कै माहोल तताएको हो ।
सांझ ६ बजेको शोमा टिकट लिएर फिल्म हेर्न पर्खाईमा बस्ने र चलचित्र हेरेर निस्कनेहरु रमाउदै निस्किएको दृश्य भिड भने कुनै मेला भन्दा कम थिएन ।
चलचित्र हेर्न आउने दर्शकहरुमा कतिपएले टिकट पाउन नै मुस्किल देखिएको छ भने आइताबार बेलुकीको शो मा समेत टिकट नपाएर फर्किएका छन् ।
विश्वभरि फैलिएको कोरोना महामारीले धरासायी बनेको सिनेमा घरहरुमा लामो समयपछि दर्शकहरु भरिएका हुन् भने यसअघि पनि हिन्दि चलचित्र ‘सुर्यवंशी’ ले सिनेमा घर तताएको थियो ।
चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने र एनएस सिनेमा हलको संपर्क नम्बर –ण्छठ–छद्दण्ढद्धढ मा अग्रिम बुकिङ्ग गर्न सकिने हल संयोजक किशोरराज पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्