नेपालको सिनेमा घरहरुमा शुक्रबारदेखि दुईवटा विदेशी चलचित्रले माहोल तताएको छ ।

शुक्रबारदेखि प्रर्दशनमा आएको दुई चलचित्र हेर्नका लागि हेटौँडा ४ नारायणी मलमा रहेको एन एस सिनेमा हलमा पनि चलचित्र हेर्न टिकट पाउन नै मुस्किल देखिएको छ ।

हलिउडको सफल चलचित्र ‘स्पाइडर म्यान’को ‘स्पाइडर म्यानः नो वे होम’ सिरिज र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ शुक्रबारबाट रिलिज भएको हो भने दुबै चलचित्रले बक्स अफिसमा हलचल मच्चाएको छ ।

अल्लु अर्जुन र रश्मीकाको मुख्य भूमिका रहेको चलचित्र बारे ट्रेलर सार्वजनिक भएदेखि नै राम्रो समीक्षा आएकाले नेपालमा यो चलचित्रले माहोल तताएको हो ।

विश्वभरि फैलिएको कोरोना महामारीले धरासायी बनेको सिनेमा घरहरुमा लामो समयपछि दर्शकहरु भरिएका हुन् भने यसअघि पनि हिन्दि चलचित्र ‘सुर्यवंशी’ ले सिनेमा घर तताएको थियो ।

दुबै चलचित्रप्रति पनि दर्शकको उत्साह छ भने शुक्रबार र शनिबार एनएस सिनेमा हलमा दर्शकहरुको कोचाकोच छ ।

अग्रिम टिकट बुकिङ्ग गर्नेहरुको पनि उत्तिकै उत्साह रहेको र चलचित्र हेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर -057-520949 मा अग्रिम बुकिङ्ग गर्न सकिने हल संयोजक किशोर राज पौडेलले बताए ।