मकवानपुरगढी गाउँपालिकाभित्र रहेका विद्यालयमा बालबालिका, किशोर किशोरीहरुलाई कोभिडविरुद्धको मोडेर्ना खोप दिइने तयारी गरिएको छ ।

१२ देखि १७ वर्षसम्मका बालबालिका तथा किशोर किशोरीहरुलाई विद्यालय मै गएर खोप दिइने तयारी गरिएको हो भने सामुदायिक विद्यालयमा आउँदो पुस ४ र ५ गते खोप दिन लागिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछानेले बताए ।

हरेक विद्यालयमा गएर खोप दिनका लागि स्वास्थ्य शाखाबाट तयारी समेत गरिएको बताउँदै कोरोनाको नयाँ भेरिएन्टबाट बच्नका लागि अपनाउनुपर्ने विषयमा सचेत पनि गराउने र किशोर किशोरीहरुलाई खोप दिईने बताईएको छ ।

अमेरिकी कम्पनी मोडेर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप नेपाल ल्याइएको छ भने विद्यालयहरूमा रहेका विद्यार्थीहरुको संख्याको आधारमा खोप पठाइँदै छ ।