लागु औषध सहित झापा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

गएको फागुन ११ गते करिब बेलुकी ५ बजेको समयमा समयमा झापा गाउँपालिका ४ बस्ने१९ बर्षका अब्दुल अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ईलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलील बिर्तामोड नगरपालिका वडा नं ४ पश्चिम स्टेण्ड स्थितमा मे ३ प १३०७ नम्बरको मोटरसााईकल रोकी चेकजाँच गर्दा चालको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम (प्लास्टिक बाहेक) फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रवक्ता डिएसपी बसन्त पाठकले  बताए अनुसार  सामाग्रीहरु  बरामद गरी निजलाई अनारमनी झापामा ल्याई राखी आज झापा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।