नेकपा मालेको केन्द्रिय सदस्यमा कृष्ण प्रसाद दाहाल चयन भएका छन् ।
नेकपा मालेको कार्यालय शनिबार हेटौंडामा बसेको बैठकमा दाहाललाई चयन गरिएको हो ।
उनले केन्द्रिय सदस्यमा चयन भएसंगै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी समेत गरिएको बतए ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि केन्द्रमा उमेद्धवारको नाम सिफारिस गरेको बताएका हुन् ।

आज बसेको नेकपा मालेको जिल्ला कमिटि बैठकले २ वटा निर्बाचन क्षेत्रबाट ६ जनाको नाम सिफरिस गरेको र मकवानपुर क्षेत्र नम्बर १ बाट कृष्ण प्रसाद दहाल, कुमार बहादुर संजेल र अम्बीका लामिछाने, क्षेत्र नम्बर २ बाट तीर्थराज सुबेदी,उद्धब अधिकारी र सबिना बिश्वकर्माको नाम सिफारिस गरेको जानकारी दिए ।

केन्द्रिय सदस्य बनेपछि उनले पार्टीको हकहित नियम अनुसार जनताकै पक्षमा काम गर्ने प्रतिवद्धता जनाउदै जनताले सबै पार्टीहरुको काम कारवाही बुझीसकेको र अब नेकपा मालेनै सहि पार्टी हुने दाहालको धारणा छ ।

नेकपा मालेको केन्द्रीय सदस्यमा मनोनित हुनु भएका कृष्ण प्रसाद दहाललाई जील्ला कमिटिले सम्मान गरेको छ ।

यसै विषयमा केन्द्रिय सदस्य कृष्ण प्रसाद दाहालसंग गरिएको कुराकानी