हेटौँडा उपमहानगरपलिका वडा नम्बर १२ मा गाईपालन गरि बसेका कृषक देब आले मगरले कृषि प्रधानल देशमा पनि बास्तविक कृषकहरुका लागि काम गर्न निकै समस्या रहेको बताएका छन्।

पदमपोखरी स्थित सिग्रेनी बराल टोलमा किसान गाई फर्मको नामबाट करिब २० वटा गाईपालन गरिरहेका ४८ वर्षे देबले न स्थानिय निकाय न जनप्रतिनिधि कतैबाट किसानलाई केही सहयोगनै नभएको दुखेसो पोखे ।

बिभिन्न स्थानमा कृषकलाई आउने अनुदानका कुरा गरेपनि आफुले कुनै अनुदानको सहयोग नपाएको बताए ।

 

यसैक्रममा कृषकसंग कुराकानी गरिएको छ । उनले पोखेका पिडा र धारणका भनाई भिडियो सहित ।।