हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेमा टोल स्तरिय फुटबल खेल प्रतियोगिता सुरु भएको छ ।

न्यु देवनगर नेवाः युवा क्लबको आयोजनामा लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल महत्वपुर्ण भन्ने अभियान सहित फुटबल खेलप्रेमीहरुको लागि आयोजना गरिएको फुटबल खेल प्रतियोगिता शनिबार फागुन ७ गतदेखि सूरु भएको हो ।

 

कार्यक्रमका प्रमुख अथिति उपमहानगर वडा नम्बर ८का वडाध्यक्ष गोपाल बहादुर श्रेष्ठद्धारा उद्घाटन गरिएका हो खेलमा प्रबेश गर्ने खेलाडीलाई शुभकामना दिदै खेलको आयोजन गरेकोमा क्लबलाई धन्यवाद दिए ।

आज उद्घाट गरिएसंगै क्लबको तर्फबाट केही गरौँ भन्ने सोच सहित खेल प्रतियोगितमा १४ समुह रहेको क्लबका अध्यक्ष रामकृष्ण देउला ‘काशी’ ले बताए ।

लगभग सवा २ लाखको लागत लाग्ने अनुमान गरिएको र प्रतियोगितमा सहभागीमा प्रथम हुने समुहलाई नगद ३० हजार शिल्ड र प्रमाणपत्र दोस्रो हुने समुहले नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने ‘काशी’ ले बताए ।

संघसस्था, बिभिन्न व्यक्तीहरु सहयोगमा आयोजन सुरु गरिएको खेलका लागि हेटौँडा उपमहानगरपालिबाट ३५ हजार सहयोग प्रप्त भएसंगै आजपनि सहयोग आएको बताए ।

‘काशी’ ले बताए अनुसार टोलका फुटबल खेलप्रेमीहरुको लागि आयोजना गएिको फुटबल प्रतियोगितामा नेवाः युवा क्लब र कालिका युवाक्लब बिच र लाउरे टोल र ओमनगर बिचमा दुइ चरणको खेल भएको थियो ।

यसै विच कालिका र ओम नगर बिजयी भएको छ ।

न्यु देवनगरको चौरमा नेवाः युवा क्लब र कालिका युवाक्लब बिच भएको खेलमा १ गोलले नेवाः पराजित हुनुर्पो भने लाउरे टोल र ओमनगर बिच भएको खेलमा खेलमा १–१ गोल भएको थियो भने टाइबेकरमा लाहुरे पराजित भएको हो ।

उनले बताए अनुसार भोलीको खेल दिउसो २ बजे देखि मर्निङ्ग स्टार, श्रीजना टोलविच पहिलो र देबनगर ख, मिलन टोलविच हुने छ ।

फागुन आज ७ गते सुरु भएको खेल १४ समापन हुने छ ।
क्लबका अध्यक्ष रामकृष्ण देउला ‘काशी’ को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न व्यक्तीत्व खेलप्रेमी लगायतको अतिथ्यता रहेको थियो ।