नेपाली टेलीचलत्रि भद्रगोलमा ‘बले’ को भुमिका गरेका कलाकार गरेका सागर लम्साल ‘बले’द्वारा अभिनित म्युजिक भिडियो ‘कहानी एकादेशको’ आएको छ ।

कलाक्षेत्रमा काम दर्शकहरुलाई हस्य रमाईलो क्षेत्रबाट मन जितेका ‘बले’ले मार्मिक र पिडाको कथामा समेटिएको गिती कोशेली ‘कहानी एकादेशको’ मा अभिनय गरेका हुन् ।

दीपक सापकोटा भञ्जाको निर्माण सुष्मा गुरागाईं निर्देशनमा आएको गिती कोशेलीमादुई प्रेमीको प्रेमलाई दलित वर्गमा परेका कारण समाज र परिवारले गरेको अस्वीकार र चेलीबेटी बेचबिखनको कथामा आधारित रहेको छ ।मनछुने नेपाली चेली भारततिय मुलुक सम्म पुग्ने सम्भावानको कथामा बनेको छ ।

दिपक सापकोटा भान्जाको शव्द निशान भट्टराईको स्वर र शुष्मा बिश्वकर्मा ,कोरस गायक रहेको गिती कोशेलीमा ‘बले’ संगै सुप्रिया खनाल,दिपक आचार्य,सन्देश लामिछाने,भावना आचार्य,शालिकराम भण्डारी,अर्जुन तिमिल्सिना र आयुव बास्तोलाको दमदार अभिनय रहेको छ ।

भिडियोलाई  The Premier Production नामक युट्युव च्यानलमा सार्वजनिक गरिएको हो भने यो समाचार तयार पार्दासम्म 116,043 दर्शकहरुले हेरिसकेका छन् ।

हेनुहोस् भिडियो ।