हेटौंडा–१ चाइनाक्वाटरमा सोमबार मकवानपुरका सञ्चारकर्मी राजेश गरिबलाई प्रहरीबाट भएको दुरव्यवहार प्रति प्रेस सेन्टर नेपाल, मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।

जिल्लामा क्रियाशील पत्रकार तथा यस संगठनका सदस्य राजेश थापा ‘गरिब’ प्रति प्रहरीबाट भएको दुर्व्यवहारको घटना प्रतिले ध्यानाकर्षण गराईएको हो ।

मंगलबार विज्ञप्ती जारी गर्दै हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयमा सडक अवरुद्ध गरिएपछी सडक खुलेसंगै सडक खुलेको दृश्यको तस्विर खिच्नेक्रममा पत्रकार गरिबमाथि भएको दुरव्यवहाप्रति ध्यानाकर्षण गराईएको जनाईएको छ ।

विज्ञप्ती यस्तो छ ।

 

                                                                                             प्रेस विज्ञप्ति
मकवानपुर जिल्लामा क्रियाशील रहनुभएको पत्रकार तथा हाम्रो संगठनका सदस्य राजेश थापा ‘गरिब’ प्रति प्रहरीबाट भएको दुव्यवहारको घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हेटौंडा-९ पशुपतिनगरमा बसको ठक्करबाट हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयमा जिल्ला प्रहरी कार्यालय अघाडी सडक अवरुद्ध गरिएपछी सडक खुलेसंगै सडक खुलेको दृश्यको तस्विर खिच्नेक्रममा हिजो बेलुका करिब ४.४५ को समयमा सञ्चारकर्मी राजेश गरिबलाई म संचारकर्मी हुँ भन्दा समेत दादागिरी सैलीमा विभिन्न अपशब्द बोल्दै गाली गलोच सहित गरिएको दुरव्यवहारप्रति ध्यानाकर्षण गराउँदछौं । पत्रकारले आफु समाचार संकलनको लागि आएको भन्ने जानकारी गराउँदा गराउदै पनि सुरक्षाकर्मी जस्तो जिम्मेवार व्यक्तिले दादागिरी शैलीमा विभिन्न गाली गलोच तथा अपशब्द बोली दुव्यवहार गर्नु खेदजनक छ । जिम्मेवार तह र निकायमा सो सम्बन्धमा जानकारी गराउँदा समेत सुनुवाई नहुनूले धप आशंका पैदा गरेको छ । यस घटनाबाट पत्रकारले स्वतन्त्र ढंगले समाचार संकलन गर्न पाउने अधिकार मात्रै होइन आत्मसम्मान सहित जीवनयापन गर्न पाउने नागरिकको हक समेत हनन् भएको छ । रिपोर्टिङका क्रममा पत्रकारलाई समस्या परेको खण्डमा सहयोग गर्नुपर्ने प्रहरीजस्तो जिम्मेवार व्यक्ति स्वयम् पत्रकारमाथि खनिनु आफैमा आश्चर्यजनक र दुःखद् हो। यस्ता घटनाले आम नागरिकको सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न अहोरात्र खटिने सञ्चारकर्मी र सिंगो सञ्चार जगतलाई दुःखी र क्रोधित बनाएको छ। यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल यस घटनाबारे सम्बोधन गर्न र आगामी दिनमा यस्ता घटना नदोहोयाउन समेत जोडदार माग गर्दछौं ।
  सचिव एम. पि. शर्मा

 

समाचार संकलनमा गएका सञ्चारकर्मीलाई प्रहरीको दुरव्यवहार