प्रहरीले कपिलवस्तुबाट पाँच हजार किलो केराउ बरामद गरेको छ।

सोमबार राति प्रहरीले यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो।

भारत गइरहेको युपी ५५ टी २२९५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको केराउ बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

ट्रक  चालक भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरिलाई नियन्त्रणमा लिइएको भण्डारीले बताए।

तेस्रो मुलुकबाट निकै सस्तो मूल्यमा नेपालमा आउने केराउ व्यापारीको मिलेमतोमा भारततर्फ तस्करी हुँदै आएको छ।

बरामद केराउको मूल्य ५ लाख रुपैयाँ रहेको भण्डारीले बताए। नियन्त्रणमा लिइएको ट्रक र केराउको मूल्य १७ लाख मूल्यांकन गरी भन्सार कार्यालय सुनौली पठाउने तयारी भइरहेको उनले बताए।

 

समाचार news-    www.setopati.com बाट