मकवानपुर– नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृिद्वको बिरोध गर्दै हेटौंडामा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेकपा एमालेसम्वद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले विरोध प्रदर्शनमा ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ लगायतको ना।ाबाजी गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग ‘अर्थ मन्त्रीको माग सहित नारावाजी गर्दै बुधबार साँझ बुद्धचोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

त्यस्तैगरि मूल्यवृद्धिको विरोधमा काठमाडौँको अस्कल क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरे ।मूल्य वृद्धिको विरोध रनिर्वाचनको मितिको घोषणाको माग गर्दै सो विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका हुन् ।

जनकपुरधामको शिव चोकमा गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच समान्य झडप समेतभएको थियो ।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शनमा  प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए ।

नेपाल आयल निगमले मंगलबार रातीदेखि लागूहुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपँैयाले गरेको मुल्य वृिद्वको निर्णय गरेको हो ।