नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले हेटौंडा स्थित पार्टी कार्यलयमा भएको ढुङ्गा प्रहार प्रति अपत्ती जनाएको छ ।

‘मिटर व्याजी रकमको चलखेल गर्ने व्यक्तीको पिडाका विषयमा छलफल गर्न कार्यालयमा बोलाईएको समयमा पीडित पक्ष नआइपुग्दै पिडक पक्षले पार्टी कार्यालयमा बाहिरबाट गुन्डागर्दी प्रयोग गर्दै ढुङ्गा प्रहारको जुन दुष्प्रयास भएको नयनले बताएका छन् ।

यसै विषयमा सोमबार विप्लव मकवानपुरका ईन्चार्ज इन्द्रबहादुर परियार (नयन) ले एक विज्ञप्ती जारी गर्दै आईतबार पार्टी कार्यलयमा पैसा लेनदेनको विवादका समयमा भएको ढुङ्गा प्रहारका विषयमा घटनाको निन्दा गरेको हो ।

 

प्रेस विज्ञप्ति 

प्रेस विज्ञप्ति ।
हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी देशमा राज्य व्यवस्था द्वारा बढी रहेको राष्ट्रघात घुस, भ्रष्टाचार, जनता माथी लादिएको महंगी, समाजमा मौलाइरहेको बिकृती बिसंगती, बलात्कार, लागू औसध दुर्व्यसन, दलाली करण, गुन्डागर्दी, विभिन्न किसिमको ठगी लगायत सबै किसिमको अपराधको अन्त्य चाहन्छौं । तर जनताको बैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरेसम्म यी कुनै पनि अपराधको अन्त्य सम्भव छैन । अहिलेको दलाल पुजीवादी सत्ता, सरकार र संसदवादी पार्टीहरुको राष्ट्रघाती, जनबिरोधी, भ्रष्टाचारी, दलालीकरणको चरीत्रले गर्दा आज देश स्वाधीन हुन सकेको छैन । न्याय महंगो भएकोले न्यायालयबाट पीडित सर्वसाधारणले न्याय पाएको छैन, गुन्डागर्दीलाई राजनैतिक संरक्षण भएकोले नेपाल प्रहरीले अपराध र गुन्डागर्दीलाई पुर्ण रूपमा नियन्त्रण गर्न सकेको छैन । यो हाम्रो आरोप होइन । आजको तितो यथार्थ हो । यसरी ठगिएका, हेपिएका, अन्यायमा परेका आम सर्वसाधारण नागरिकहरुलाई यो यो दलाल पुजीवादी राज्यव्यवस्थाको वडा कार्यालयसम्मले न्याय नदिएपछि पीडित सर्वसाधारण नागरिकहरु विप्लव नेकपाको कार्यालय कहा छ भनी खोजी खोजी आउन बाध्य छन् । जनताको जिम्मा लिएको यो राज्यले सर्वसाधारण जनतालाई उचित राहत र पुर्ण न्याय दिएको भए के न्यायको लागि सहयोग गरिदिनुस भन्दै पीडितहरु रुदै हाम्रो पार्टी कार्यालयमा आउनु पर्ने बाध्यता हुन्थ्यो ? यही सिलसिलामा मिटर व्याजी बारा जिल्ला निवासी हाल हेटौंडा १० कर्रामा बस्दै आएकी सुलेसा सोनारबाट ठगिएकी पीडित पक्ष रमिला बरालको पटक पटकको आग्रह पछी हिजो मिति २०७८ माघ १६ गते दिउँसो १:३० बजे दुबै पक्षलाई झिकाई छलफल गराउने सिलसिलामा पीडित पक्ष नआइपुग्दै पिडक पक्षले गुन्डागर्दी प्रयोग गर्दै पार्टी कार्यालयमा बाहिरबाट ढुङ्गा प्रहारको जुन दुष्प्रयास भयो । यो एकदमै निन्दनीय, अपराध पुर्ण र दन्डनीय छ । यस्तो प्रकारको ठगी र गुन्डागर्दीमा संलग्न अपराधीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई पार्टी आग्रह गर्दछ । अन्यथा यस्ता किसिमको गुन्डागर्दी नरोकिए सामाजिक रूपमा उचित जवाफ दिइने छ । मिति २०७८ माघ १७