चितवनको भरतपुरमा कन्टेनर पल्टिँदा चालकको मृत्यु भएको छ ।

सडकमा अनियन्त्रित भएर कन्टेनर विजुलको पोलमा ठोकिएर पल्टिदा सर्लाही लालबन्दी नगरपालिकाका चालक मेघराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो भने कन्टेनरले ठक्कर दिँदा दुईवटा बिजुलीका पोलहरु ढलेका छन्।

प्रहरीका अनुसार विस्तार भइरहेको सडकमा सोमबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित बसन्तचोकमा कन्टेनर पल्टिँदा घाइते भएका थिए । भरतपुर अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको हो ।