मोरङको सुन्दरहैँचा नगरपालिकामा सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

सुन्दरहैँचा नगरपालिका वडा नम्बर–४ स्थित बलियामा रहेको एक होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी पक्राउ परेका हुन्।

होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालक अर्जुनकुमार सहित आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका जानकारी अनुसार घटना सार्वजनिक भएको दिनमै श्रेष्ठ द्वय माघ ८ गते शनिबार पक्राउ परपनि भने दर्जी फरार भएका थिए ।

खोजतलासकै क्रममा दर्जीलाई इलामको सूर्योदय नगरपालिका वडा नम्बर १२ स्थित तीनघरेमा लुकीबसेकोे अवस्थामा पक्राउ गरिएको हो।

गएको माघ ७ गते बेलुका महिला इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पु¥याइ दिन्छु भनि होटलमा पु¥याएर जबरजस्ती करणी गरेको खुलेको हो ।

पक्राउ परेकाहरुविरुद्ध म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।