जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी हवलदार र जानुका भुजेललाइ पौष महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

प्रहरी कार्यको निम्मेवारीमा रही काम कारवाही त्रुटी रहित ढंगबाट सेवा प्रवाह गरि आम जनमानसको बिचमा प्रहरीको छवि उच्च बनाउने कार्य गरेको भन्दै भुजेललाइ उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

प्रहरी प्रमुख नकुल पोख्रेलद्धारा हस्तार गरिएको कदर पत्रसहित हित क्षेत्रीय प्रशासक सुरक्षा गार्ड धनकुटा दरवन्दी प्रहरी हवल्दार भुजेललाई जिल्लाभरिबाट पौष महिनाको उत्कृष्ट प्रहरी घोषण गरिएको हो ।

पत्रमा यस्तो छ ।

उत्कृष्ट कार्यको विवरण

विभागिय निति अनुरुप आदेश निर्देशन बमोजिमको पालना गरी व्यबसायिक लगनशिल र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ यस कार्यालयबाट खटाइएको स्थानमा निजले सम्पादन गर्नु पर्ने काम कारवाही त्रुटी रहित ढंगबाट, चुस्त दुरुस्त, छिटो छरितो एवं सेवाग्राहीलाई बिना झन्झट सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै आम जनमानसको बिचमा प्रहरीको छवि उच्च बनाउने कार्य गरेको हँदा क्षेत्रीय प्रशासक सुरक्षा गार्ड धनकटा दरवन्दीका प्रहरी हवल्दार जानुका भुजेललाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल “पुस महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको छ।