जिल्ला प्रहरी कार्यालय कापलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक संजिता श्रेष्ठलाई पौष महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

प्रहरी कार्यालयको नेतृत्वमा कार्यरत प्रहरी निरिक्षक श्रेष्ठले प्रहरीको जिम्मेवारीलाई ईमान्दारिताका साथ काम गरेको भन्दै जिल्लामा पौष महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

बिभिन्न कानुन बिपरितका कार्य गर्नेहरुलाई कार्वाही गराउन र आम नागरिकको गुनासो र समस्याहरु बुझेर समाधान गर्न सफल भएको भन्दै प्रहरी प्रमुख चक्रराज जोशीद्धारा हस्ताक्षर गरिएको पत्र सहित जिल्लाभरिबाट पौष महिनाको उत्कृष्ट प्रहरी घोषण गरिएको हो ।

उत्कृष्ट कार्यको बिवरण पत्रमा यस्तो छ ।

 

 

उत्कृष्ट कार्यको बिबरण

जिल्ला प्रहरी कार्यालय का दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक संजिता श्रेष्ठले मिति २०७४।०८।२५ गते रातको अं. २३:३० बजेको समयमा काभ्रेपलान्चोक जिल्ला बनेपा न.पा.वडा नं. ०७ स्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाण्डौबाट धुलिखेल तर्फ जाँदै गरेको ट्रिपरले पैदल यात्री जिल्ला काभ्रेपलान्चोक रोशी गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष ३७ को चतुरमान तामाङलाई ठक्कर दिई करार रहेको चालक र सवारीको खोजतलास गरी उक्कर दिई भाले बागमती प्रदेश ०१, ००६ ख २८०५ नम्बरको ट्रिपर गाडी,गाडी चालक जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. १२ बस्ने सुन बहादुर तामाङको छोरा वर्षको दुर्गा महादुर तामाङको पहिचान गरी मिति २०७८०८२७ गते ट्रिपर सहित पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको । फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका प्रतिवादीको खोजतलास गर्दै जाने क्रममा बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका १ वर्ष ७ दिन ( एक वर्ष सात दिन ) कैद रस. १८,४८,९५२।० रुपैया जरिवाना तोकिएको काभ्रेपलान्चोक जिल्ला रोशी गा.पा. वडा नं.०६ घर भएका वर्ष ३८ को अकल सि तामाङलाई मिति २०७४।०९।०८ गते र मोटर साईकल चोरी मुद्दामा फरार रहेका १ महिना कैद र रु ७०,०००।- हजार रुपैया जरिवाना तोकिएको काभ्रेपलाञ्चोक जिल्ला तेमाल गा.पा. वडा नं. ७७ घर भएको वर्ष ३१ को रोहित नेपालीलाई मिति २०७४।०९।१८ गते पक्राउ गर्न सफल भएको । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा न. ०५ दलमले बस्ने मान गिरीको छोरा वर्ष २७ को रमेश गिरीले थुनामा रहेको प्रतिवादीको कसूर मुद्दा मिलाई दिन्छु भनि थुनामा रहेको प्रतिवादी र निजको आफन्त संग पटक पटक गरी १. १,२०,००० रुपैया रकम लिई ठगी गरेको सयुत प्रमाणबाट देखिन आए पश्चात “मुलुकी अपराध संहिता, २०७४” को दफा २५३ आपराधिक लाभ (एक्सटर्मन) लिन नहुने कसूरमा निज प्रतिवादीलाई मिति २०७४।०६।१० गते काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०७ स्थितबाट पक्राउ गरी कानूनी दायरामा ल्याएको । पनीती, धुलिखेल, बनेपा एरियाहरमा संचालित विभिन्न उद्योगी व्यवसायीहरुलाई धम्क्याउने, कुटपिट गर्ने लगायतका कार्यहरमा संलग्न कापलाञ्चोक जिल्ला धुलिखेल 1.पा. वडा नं. ०५ चौकोट बस्ने वर्ष ३२ को ज्वाला भन्ने कृष्णराम महत र ऐ. खानिखोला गा.पा. वडा नं. ७ बस्ने बर्ष २८ को मम भन्ने दिनेश गोलेलाई मिति २०७४।०९।२१ गते पक्राउ गरी कानुनी दायरामा ल्याएको । मिति २०७४/०९/०९ गते सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पहिलो दिन जि.प्र.का तथा मातहतका महिला प्र.क. हरु संग अन्तरक्रिया तथा गुनासो सुनुवाई, रातको समयमा दिप प्रज्वलन, ऐ मिति १३, १४ र १५ गते जिल्ला प्रहरी कार्यलय, पुलिखेलको रमाईती नेपालको संयुक्त आयोजनामा सचेतनामुलक सडक नाटक तथा सांस्कृतिक कार्याक्रम, ऐ२२ गते नेपाल यातायात स्वतन्त्र मजदुर संघठन पनौती स्ट ईकाइको आयोजना र नरगिनी फाउण्डेसन तथा जिल्ला प्रहरी कार्यलय धुलिखेलको संयुक्त सहयोगमा यातायात मजदुरहस्संग लैङ्गिक विभेदमा आधारीत हिमा विरुद्ध अन्तरक्रिया कार्यक्रम र ऐ ९ देखी २४ गते सम्ममा दैनिक रुपमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अनतर्गत सर्वसाधारण व्यक्तिहरुद्धारा सैङ्गिक हिंसा विरुद्ध हस्ताक्षर संकलन, Safety Pin Campaign सम्बन्धी कार्यक्रमहरुको नेतृत्व गरी सफल रुपमा संचालन गरे/ गराएको, अनिको राजमार्ग लगायत अन्य स्थानहरुमा कमाण्डरको रुपमा खटिई मातहत समेतलाई परिचालन गरी अवैध घरेलु मदिरा, लागू औषध ओसार पसार तथा सेवन, चोरी लगायतका अवैध एवम् अपराधिक गतिविधिहरू रोकथाम तथा नियन्त्रण गर्न कृयाशिल रही उत्कृष्ट ढंगले कार्यसम्पादन गरेकोले निजबाट सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निजले गरेको कार्यको कदर स्वरूप निज प्रहरी निरीक्षक संजिता श्रेशलाई यस कार्यालयबाट २०७८ मा पौष महिनाको उत्कृष्ट प्रहरी (BEST POLICEOF THE MONTH) योषणा गरिएको छ।