रुस–युक्रेनबीच भैरहेको द्वन्द्वका कारण १२ लाखभन्दा बढी युक्रेन छोडेर छिमेकी देशहरूमा प्रवेश गरेका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार केही दिनदेखि रुसी सेनाले तीनदिशाबाट जल,थल र वायुसेनाबाट आक्रमणलाई तेज पारेपछि युक्रेनबाट अहिलेसम्म १२ लाख शरणार्थीले युक्रेन छोडेको बताइएको छ ।

–द्वन्द्वका कारण १२ लाखभन्दा बढी सर्वसाधारणले युक्रेन छोडेर छिमेकी देशहरूमा प्रवेश

सबैभन्दा बढी युक्रेनको पश्चिमीमा पर्ने छिमेकी देश पोल्याण्डमा शरणार्थीहरु गएका छन् । यस्तै, पश्चिम दक्षिणमा पर्ने स्लोभाकियामा ९० हजार, हंगेरीमा एकलाख ४५ हजार, दक्षिणमा पर्ने रोमानियामा ५७ हजार र मोल्डोभामा एकलाख तीनहजार शरणार्थीहरु पुगेका छन् ।

उता, युक्रेनमाथि आक्रमण गरेको रुसमा एकलाख ४९ हजार र बेलारुसमा करिब पाँचसय जना शरणार्थीले शरण लिएको संयुक्त राष्ट्र संघले जानकारी दिएको छ । आक्रमण भएको पहिलो हप्तामा करिब १० लाख शरणार्थीले युक्रेन छोडेकाे समाचार सीएनएनले जनाएकाे हाे ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो