हेटौंडामा १० टिसिएन रोडमा अवस्थित होराईजन अटो प्रा.लि.बजाज शोरुमले बिहिबारदेखि देखि एक्सेञ्ज अफर ल्याएको छ ।

यसअघिपनि माघ १६ गते देखि माघ २० गते सम्म अफर ल्याएको थिया भने मोटरसाइकल पारखी ग्राहकवर्गको चाहाना र माग अनुसार नै पटकपटक बजाज कम्पनीको एक्सेन्ज अफर ल्याइएको इन शोरुमले जनाएको छ ।

अफरमा पुरानो भएको बिग्रिएको र कामै नलाग्ने अवस्थाको हरेक मोटरसाईकल छोडेर रोजाई अनुसारका नयाँ मोटरसाइल लैजान सक्ने बज्राचार्यले बताएका हुन् ।

पुरानो मोटरसाईकलको कण्डिसन हेरेर मूल्यांकन गरि ४० प्रतिशत रकम डाउन पेमेन्ट गरेर बाँकी रकम किस्तास्वरुप तिर्ने गरेरपनि मोटरसाईकल लैजान सकिने बज्राचार्यले बताए ।

कुनैपनि मोटरसाइकलको मुल्य प्रचलित बजार मूल्याङ्कन भन्दा रु. १० हजार र थप रकमका साथै प्रत्येक नयाँ मोटरसाइकलको खरिदमा सुन्ना प्रशित व्याजदर ४० प्रशित डाउन पेमेन्टमा थप ८ हजार छुट सहित पाइने बताए ।

उनले बजाज नै किन ? भन्ने प्रश्नमा अरुको तुलनामा पेट्रोलको राम्रो माइलेज सजिलै पार्ट्सहरु पाइने वारेण्टीमा सहज फाईनान्स सेवा लगायतका सेवासुविधामा सहज रहेको दावी गरे ।

कागजात भएका जुनसुकै मोटरसाईकल ल्याएर एक्सचेञ्ज गर्न सक्ने र फगुन १२ गतेदेखि सञ्चालन भई १६ गते सम्म एक्सेञ्ज अफरको सेवा रहने बज्राचार्यले बताए ।

Phone No:-9801305439    ,  9801305418,     9801368461,   9855068461