हिउँ खेल्ने क्रममा शनिवार एक युवक हराएका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ सिम्पानीमा हिउँ खेल्ने क्रममा शनिवार  युवक हराएका हुन्।

हराएका युवक प्रहरी र उनको आफन्तहरुले खोजी गरिरहेका छन् ।

शनिवार काठमाण्डौबाट आएका युवक हिउँ खेल्ने क्रममा हराएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

अत्याधिक चिसोका कारण हराएका युवकको मृत्यु भएको हुनसक्ने आशंका गरिएको प्रहरी निरिक्षक दासले बताए ।

प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए अनुसार प्रहरी टोली घटनास्थल तर्फ छन् भने केही समयमा घटनाबारे थाहा हुनेछ ।