पर्सा । प्रहरीले स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी पुर्वी चम्पारण ढाका थाना विक्रमपुर वडा नं.७ बस्ने ४८ वर्षिय जादोलाल साह र मोतिहारी जि.छौडादानो थाना वडा नं.३ बस्ने ३८ वर्षिय बिगन साह रहेका छन् ।

मंगलबार दिउँसो प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउने क्रममा शंका लागेर उनीहरुलाई चेकजाँच गर्दा प्रहरीले स्रोत नखुलेको ६ लाख ५४ हजार रुपैयाँ फेला पारेको हो ।

उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।