हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित न्यु देवनगर नेवाः युवा क्लब को आयोजनामा जारी फुटबल गेमको आज छैठौँ दिन भएको छ ।
सोही क्रममा खेलको आज सेमिफाइनलको दुईचरणको खेल सम्पन्न भएको छ ।
सेमिपाइनलको पहिलो चरणको खेलमा मैदाटोल र श्रीजनाटोल विच त्यस्तैगरि ओमनगर र विकाशटोल विच देस्रो चरणको खेल सम्पन्न भएको हो ।
खेलआयोजनाको आज छैटौ दिनमा सेमिफाइनलको पहिलो चरणको खेलमा मैदाटोल विजयी भएको छ ।
मैदाटोल तर्फका जर्सी न. ३५ खेलाडी विष्णु राईले २ गोल र जर्सी न. ११ खेलाडी रोशन कार्कीले १ गोल गरेका थिए ।
० विरुद्ध ३ गोल गर्दै मैदाटोलले जित हासिल गर्न सफल भएको हो भने विष्णुलाई बेष्ट खेलाडी घोषित गरिएको थियो ।

त्यस्तैगरि ओमनगर र विकाशटोल विचको देस्रो चरणको खेलमा ओमनगर विजयी भएको छ ।
ओमनगर तर्फका जर्सी न. ३३ खेलाडी अनिस तितुङ्गले १ गोल गर्न सफल भए भने विकाशटोलले गोल फर्काउन नसकेर हार वेहोर्नु पर्यो ।
लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल भन्ने अभियान सहित फागुन ७ गतेदेखि सूरु भएको फुटबल प्रतियोगिताका लागि
१४ समुह रहेको र फागुन१४ गते समापन गरिने छ ।

खेलमा प्रथम हुने समुहलाई नगद ३० हजार शिल्ड र प्रमाणपत्र दोस्रो हुने समुहलाई नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने क्लब अध्यक्ष रामकृष्ण देउला ‘काशी’ ले बताए ।